6 years ago
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २-० ले पराजित गरेसँगै नेपाल र म्यानमारको उपाधि भिडन्त तय भएको हो ।
नेपालले बुधबार भएको खेलमा इरानलाई ३-० ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको थियो । समूह चरणको दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गरेपछि नेपाल फाइनल पुग्ने सम्भावना बढेको थियो । म्यानमारले अन्तिम खेलमा भारतलाई पराजित गरेपछि नेपाल समूह उपविजेताको रुपमा फाइनल पुगेको हो ।
समूह चरणमा म्यानमारले ३ खेलमा ३ जित दर्ता गर्दै समूह विजेताको रुपमा फाइनलमा स्थान बनायो । नेपालले ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडेर उपविजेता बन्यो । भारत ३ खेलमा १ जित र २ हार सहित ३ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिंदा अंकविहिन इरान अंक तालिकाको पुछारमा रहयो ।
नेपाल र म्यानमारले अब शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग ३-० को हार बेहोरेको थियो । त्यसअघि नोभेम्बरमा भएको ओलम्पिक छनोट खेलमा नेपाल र म्यानमारको खेल १-१ को बराबरीमा सकिएको थियो ।
April 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो। दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा नहुने भएको छ। यसअघि जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा हुने तय थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ। साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]