default_image

9 years ago

April 21, 2016

रेखाको चार गोलसंगै पुर्वाञ्चल सुपर लिगमा प्रवेश

277 views

0 Bookmark

मध्य पश्चिमाञ्चल विरुद्ध १४-०को फराकिलो जित हात पार्दै पुर्वाञ्चलले सुपर लिगमा आफ्नो स्थान पक्का गरेको छ|

रेखा पौडेल

रेखा पौडेल

सुपर लिगमा पुग्न जितको विकल्प नभएको अवस्थामा रेखा पौडेलले चार गोल गर्दै पुर्वाञ्चलको स्थितिलाई मजबुत बनाएकी थिइन| रेश्मा राइ र सरु लिम्बुले पनि पुर्वाञ्चलक लागि ह्याट्रिक गरे| अन्य गोल कोपिला धिमाल, सम्झना लावती, बिमला शेर्पा र सिमा चामलिंगको नाममा रह्यो|

आजै भएको अर्को खेलमा सुपर लिग पुग्न एक अंक आवश्यक रहेको मध्यमाञ्चलले पुलिस संग ३-०को हार ब्येहोर्यो| पुलिश्का लागि घिम कुमारी गुरुङ्ग, यसोधा लामा र रन्जिता गुरुंगले गोल गरेका थिए|

पहिलो चरणको लिगको समाप्ति संगै सुपर लिगमा आर्मी, ए.पी.एफ, पुलिस र पुर्वाञ्चल पुग्ने पक्का भएको छ|

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

Success

Thank you for your time.