6 years ago
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गरेको छ ।
नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले एक गोल गरिन् । लगातार दोस्रो जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।
नेपालका लागि अनिता बस्नेतले ४१ औं मिनेटमा गोल गरेकी हुन् । गीता रानाको लामो फ्रिकिकमा रिबाउन्ड आएको बललाई दिपा राईले फ्लिक गर्ने प्रयास गरेकी थिइन् । उक्त बल फुस्केपछि अनिता बस्नेतले पेनाल्टी क्षेत्रबाहिर टर्नमा भली प्रहार गर्दै उत्कृष्ट गोल गरेकी हुन् ।
पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफको ५९ औं मिनेटमा अग्रता दोब्बर पर्यो । सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई २-० ले अगाडी बढाइन । खेलको अन्तिम मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालको जित पक्का भयो ।
यस जितसँगै नेपालले ३ खेलमा २ जित र १ हारसँगै ६ अंक जोडेको छ । इरानले समूहका तीनै खेलमा पराजय बेहोर्दै कुनै अंक जोड्न सकेन । इरान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।
आजै हुने अर्को खेलमा म्यानमारले भारतविरुद्ध जित वा बराबरी खेलेमा नेपाल र म्यानमारले प्रतियोगिताको फाइनल खेल्नेछन् । भारतले जित दर्ता गरेको खण्डमा भने गोलअन्तर अनुसार विभिन्न समीकरणहरु बन्नेछन् ।
खेलका तस्बिरहरु : (तस्बिर सौजन्य : एन्फा)
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]