6 years ago
February 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले इरानविरुद्ध खेलमा सुरुवाती अग्रता लिएको छ । पहिलो हाफमा अनिता बस्नेतले गोल गरेपछि नेपाल १-० ले अगाडी बढेको छ ।
नेपालका लागि अनिता बस्नेतले ४१ औं मिनेटमा गोल गरेकी हुन् । गीता रानाको लामो फ्रिकिकमा रिबाउन्ड आएको बललाई दिपा राईले फ्लिक गर्ने प्रयास गरेकी थिइन् । उक्त बल फुस्केपछि अनिता बस्नेतले पेनाल्टी क्षेत्रबाहिर टर्नमा भली प्रहार गर्दै उत्कृष्ट गोल गरेकी हुन् ।
नेपालले यस खेलमा जित हासिल गर्दै अर्को खेलमा म्यानमारले भारतविरुद्ध जित वा बराबरी खेलेमा नेपाल र म्यानमारले प्रतियोगिताको फाइनल खेल्नेछन् । नेपालले बराबरी खेलेको खण्डमा भने फाइनल पुग्न अर्को खेलमा भारतले बराबरी वा हार बेहोर्नुपर्ने छ ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]