default_image

6 years ago

February 13, 2019

फाइनल पुग्ने लक्ष्यसहित नेपाल इरानको सामना गर्दै

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज इरानको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा म्यानमारविरुद्ध ३-० को पराजय भोगेको नेपालले दोस्रो खेलमा भारतलाई २-१ ले पराजित गर्दै सानदार पुनरागमन गरेको हो । भारतविरुद्ध इतिहासमै पहिलो जित दर्ता गर्ने क्रममा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । अंक तालिकामा नेपाल ३ अंक बोकेर दोस्रो स्थानमा छ ।

टोलीका प्रशिक्षक हरि खड्काले भारतलाई पराजित गरेपछि अन्तिम खेलमा इरानविरुद्ध पनि जितको लागि खेल्ने बताएका थिए । ‘भारतविरुद्ध ऐतिहासिक जितले मनोबल बढेको छ, अब अन्तिम खेलमा हामी इरानसँग जित दर्ता गरेर फाइनल पुग्ने लक्ष्य राख्ने छौं,’ उनले भने । फरवार्ड सावित्रा भण्डारीले पनि कडा मिहिनेत गर्दै फाइनल पुग्ने लक्ष्य प्राप्त गर्ने बताएकी थिइन् ।

अंक तालिकामा म्यानमार ६ अंक बोकेर शीर्ष स्थानमा रहँदा ३ अंक जोडेको भारत तेस्रोमा छ । दुवै खेलमा पराजित इरान अंकविहिन रहँदै पुछारमा छ । नेपालले इरानलाई पराजित गरेको खण्डमा अर्को चरण पुग्ने सम्भावना लगभग पक्का हुनेछ ।

यद्यपी म्यानमार र भारतको खेलमा गणितीय समीकरणका कारण नेपालले जित दर्ता गरेपनि फाइनल पुग्ने शत प्रतिशत सम्भावना भने रहन्न । नेपालले इरानविरुद्ध बराबरी खेलेर भारत र म्यानमारको खेल बराबर वा म्यानमारको जित भएको खण्डमा भने नेपाल फाइनलमा पुग्नेछ ।

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.