9 years ago
April 21, 2016
स्पेनिश ला लिगा अन्तर्गत हिजो राति भएका खेलहरुमा सबै ठुला टोलीहरुले विजय हात परेका छन्|
लिग तालिकाको शिर्ष स्थानमा रहेको बार्सिलोनाले देपोर्तिभो ल कोरुनालाई उसकै घरमा ८-० गोलअन्तरले पराजित गर्यो| बार्सिलोनाको सहज जितमा लुइस सुआरेजले चार गोल गरे भने लिओनेल मेसि, मार्क बार्ट्रा, इभान राकितिच र नेयमारले एक-एक गोल गरे| सुआरेजले चार गोल गर्नुका साथै तिन असिस्टपनि प्रदान गरे, जुन ला लिगा इतिहासमा एकै खेलाडी एउटा खेलमा गोलमा सिधा संलग्न मध्यको सर्वाधिक हो|
लिग उपाधि पछ्याउदै गरेका म्याड्रिड टोलीले पनि आ-आफ्नो खेलमा जित हात पारे| फर्नान्डो टोरेसको एक मात्र गोलको मद्दतले एट्लेटिको म्याड्रिडले एथलेटिक बिल्बाओलाई उसकै घरमा १-०ले हरायो भने रियल म्याड्रिडले भिलारियललाई बर्नाबाउमा ३-०ले हरायो| रियलको जितमा करिम बेन्जेमा, लुका भाज्केज र लूका मोड्रीचले गोल गरे|
यी नतिजा संगै लिगको शिर्ष स्थानमा बार्सिलोना ७९अंक लिएर बसेको छ भने एट्लेटिको समान अंक भएतापनि गोल भिन्नताका कारण दोश्रो स्थानमा छ| तेश्रो स्थानमा रहेको रियल म्याड्रिडको ७८ अंक रहेको छ|
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]