6 years ago
February 12, 2019
सुबास हुमागाईं, काठमाडौं
पछिल्लो समय नेपालका प्रतिष्ठित मोफसल फुटबल प्रतियोगितामा विदेशी खेलाडी सम्मिलित क्लब दाउफिन्स टिम फ्यामिलीको नाममा प्रतिस्पर्धा गर्यो । आइतबार भएको पोखरा कपको फाइनलमा दाउफिन्सले विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गर्दै उपाधि नै जित्यो । तर उक्त क्लब अनाधिकृत रुपमा नेपालका प्रतियोगिताहरु खेलिरहेको खुलासा भएको छ ।
खप्तड गोल्डकप खेल्नका लागि नेपाल भित्रिएको दाउफिन्स क्यामरुनको क्लब भनिएपनि हालसम्म आधिकारिक रुपमा क्लब बारे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कुनै जानकारी नभएको महासचिव इन्द्रमान तुलाधरले जनाएका छन् ।
सर्वाधिक धनराशी पुरस्कार भएको खप्तड गोल्डकपको आयोजक सुदूरपश्चिम-११ फुटबल क्लबको विशेष आग्रहमा एन्फाले दाउफिन्सलाई उक्त प्रतियोगिता खेल्न स्वीकृति दिएको थियो । उक्त प्रतियोगितामा दाउफिन्सका आउने भनिएका सबै खेलाडी भने उपलब्ध थिएनन् ।
क्यामरुनबाट २० सदस्यीय टोली आउने भनेपनि ११ जना खेलाडी मात्र नेपाल आएको कारण तीन खेलाडी भारतबाट मगाइएको थियो । दाउफिन्सले संकटाविरुद्ध पहिलो खेल भारतबाट खेलाडी नआएको कारण नै निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो । खेलाडीहरु भिसा समस्याले बोर्डरमा अड्केपछि उनीहरु ढिलो आइपुगेका थिए ।
मैदान प्रवेश गर्ने क्रममा विदेशी टोली भएपनि एक सेट जर्सीकै भरमा टोली टिकेको देखिन्थ्यो । सामान्य रुपमा कुनैपनि टोलीले वार्मअप र खेलका दौरान फरक जर्सी प्रयोग गर्ने प्रचलन छ । तर दाउफिन्सले खेल र वार्मअपमा नै त्यहि जर्सी प्रयोग गर्यो । खेलमा संकटा १-० ले विजयी भएपछि दाउफिन्सको यात्रा समाप्त भयो ।
दाउफिन्स क्यामरुनको क्लब भनेपनि प्रशिक्षकमा नेपाली आशिक थापामगर रहेका थिए । आशिक ए डिभिजनमा हिमालयन शेर्पा क्लबसंग आबद्ध रहेका खेलाडी हुन् । उनले पहिलो खेलमा संकटासँग पराजित भएपछि खेलाडी लामो यात्राको थकानका कारण पराजित हुनुपरेको पनि बताएका थिए । टोलीको व्यवस्थापकमा सुगन तन्डुकार रहेका छन् । उनले नै आयोजकसँग समन्वय गरेर टोलीलाई नेपाल ल्याएका थिए ।
एन्फाले खप्तड गोल्डकप खेल्न स्वीकृति दिएको दाउफिन्स प्रतियोगिताबाट बाहिरीपछि स्वदेश फर्कनुपर्ने थियो । सामान्यतया कुनैपनि विदेशी क्लब प्रतियोगिताको एक दिन अगाडि र एक दिन पछाडिसम्म आयोजकले राख्ने व्यवस्था छ । कतिपय अवस्थामा खेलाडीहरुको आते-जाते खर्च पनि आयोजकले नै बेहोर्ने प्रावधान रहेको छ । दाउफिन्स प्रतियोगिताबाट बाहिरिएपछि पनि स्वदेश फर्केन ।
सुदूरपश्चिममा आयोजित खप्तड गोल्डकपबाट बाहिरीपछि इटहरी गोल्डकप खेल्न दाउफिन्स पूर्व पुग्यो । एन्फाले खप्तड गोल्डकप खेल्न स्वीकृति दिएको दाउफिन्सले नेपालमै रहेर दोस्रो प्रतियोगिता खेलेपनि सफलता भने हात पारेन । पहिलो खेलमा मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरसंग टाइब्रेकरमा पराजित हुँदै दाउफिन्सको यात्रा सकियो ।
त्यसपछि दाउफिन्सले पोखरा कपमा सहभागिता जनाउने भयो । कास्की जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा दाउफिन्सले उपाधि नै जित्यो । यसक्रममा टोलीमा तीन खेलाडी थपिए पनि । पहिलो खेलमा च्यासललाई १-० ले पराजित गरेको दाउफिन्सले दोस्रो खेलमा आर्मीलाई ४-१ को अन्तरले पन्छायो । सामान्यतया विदेशी टोलीले दोस्रो चरणमा मात्र खेल्ने भएपनि अन्य प्रतियोगिता नभएका कारण दाउफिन्सले पहिलो चरणमा नै खेलेको थियो ।
सेमिफाइनलमा लिग च्याम्पियन मनाङलाई हराएको दाउफिन्सले फाइनलमा एपीएफलाई पराजित गर्दै उपाधि हात पार्यो । सेमिफाइनलमा मनाङविरुद्ध जर्सी जुधेपछि रेफ्रीले दाउफिन्सलाई अर्को जर्सी लगाउन आग्रह गर्दा टोलीले एक सेट जर्सीमात्र ल्याएको खुलेको थियो । हालसम्म सबै खेलमा त्यहि जर्सीमा टोलीले खेलिरहेको छ ।
आयोजक पोखरा-११ को जर्सी सापटी लिएर टोलीले मनाङविरुद्ध प्रतिस्पर्धा गरेको थियो । फाइनल खेलको पुरस्कार वितरण समारोहमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा पनि उपस्थित थिए । उनले नै विजेता टोलीलाई ट्रफी प्रदान गरेका थिए ।
त्यसयता भने एन्फाले दाउफिन्सलाई टोलीलाई फर्काउन चिठी काटिसकेको एन्फा महासचिव तुलाधरले बताएका छन् । टोलीको आधिकारिकताबारे खोज्दा केहि नभेटिएपछि अन्य प्रतियोगिता नखेल्न चिठी पठाईसकेको तुलाधरले बताए । ‘ हामीले क्यामरुनमा टोलीको आधिकारिकता बारे सोध्दा यस क्लबबारे केहि आधार पाएनौं । हामीले मौखिक रुपमा टोलीलाई घर फर्किन भनिसकेका थियौं । एन्फाले अधिकारिक रुपमा चिठी पनि काटिसकेको छ,’ उनले भने ।
बुढासुब्बा गोल्डकपमा दाउफिन्सले बुधबार नेपाल एपीएफ क्लबसँग खेल्ने तय भएको छ । तर महासचिव तुलाधरले त्यसबारे आफूलाई जानकारी नभएको बताए । एक प्रतियोगिता खेल्ने स्वीकृति लिएको दाउफिन्स बुधबार चौथो प्रतियोगितामा सहभागी हुने तयारीमा छ । एन्फाले स्वदेश फर्कन चिठी काटिसकेको अवस्थामा दाउफिन्सले बुढासुब्बा खेल्ने-नखेल्ने भने अन्यौलमा परेको छ ।
विदेशी टोली भनेर नेपाल भित्रिएको क्लबमा प्रशिक्षक र व्यवस्थापक नेपाली नै छन् । क्यामरुनमा कुनै अस्तित्व नभेटिएको यस क्लब विदेशी खेलाडी जम्मा गरेर स्थापित गरिएको क्लब हुनसक्ने आशंका पनि रहेको छ । यसअघि पनि नेपालमा कुनै क्लबमा आबद्ध नरहेका विदेशी खेलाडी जम्मा गरेर अफ्रिकन युनाइटेडको नाममा मोफसल प्रतियोगिता खेलेको थियो ।
एन्फाले मोफसलका सबै आयोजकलाई उक्त क्लब अनाधिकृत रहेको बताएपछि सहभागिता रोकिएको थियो । यसपटक दाउफिन्सलाई पनि एन्फाले घर फर्कने चिठी लेखेसँगै बुढासुब्बामा सहभागितासँगै क्लबको स्थितिमा अन्यौलता रहेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]