6 years ago
February 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक धरान फुटबल क्लब भारतको दालहौस एथलेटिक फुटबल क्लबलाई पराजित गर्दै २१ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा मंगलबार भएको खेलमा आयोजक २-० ले विजयी रहयो ।
खेलको नवौं मिनेटमा धरानले सुरुवाती अग्रता लिएको थियो । मिलन राईले मिडफिल्डबाट एक्लै बढाएर लगेको बललाई पेनाल्टी क्षेत्रभित्रबाट गरेको फितलो प्रहार भारतीय टोलीका गोलरक्षकले बचाउन सकेनन् ।
खेलको २३ औं मिनेटमा नै धरानले वर्तमान राईको गोलमा अग्रता दोब्बर पार्यो । डिफेन्सले क्लियर गरेको बलमा गोलरक्षक अगाडी बढेको मौका छोपेर वर्तमानले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोल भएको थियो ।
वर्तमान खेलको म्यान अफ द म्याच भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताअन्तर्गत बुधबार क्यामरुनको दाउफिन्स फुटबल क्लब र विभागीय टोली नेपाल एपीएफ क्लब खेल्नेछन् ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]