10 years ago
August 30, 2015
नेपाल र भारत बिच भोलि हुने मैत्रीपूर्ण खेलमा कप्तान सागर थापाले नेपाल जितका लागि उत्रिने बताएका छन्
पुनेमा बिगत दुइ दिनदेखि अभ्यासरत टोलीको सम्पूर्ण तयारी पुरा भएको छ| बलेवादी रंगशालामा साँझको सात बजे हुने खेलक लागि यु-१९ टोलीका चार सदस्य आज बिहानै भारत प्रस्थान गरिसकेका छन्| नवनियुक्त प्रशिक्षक प्याट्रिक ओसेम्स खेल हेर्नका लागि आज चार खेलाडीसंग पुने लागेका हुन्| २५ सदस्यीय टोलीको जिम्मा यो खेलका लागि कोच ध्रुब केसीले लिनेछन भने यस खेल पश्चात विदेशी प्रशिक्षक ओसेम्सले कार्यभार सम्हाल्नेछन|
प्रि-म्याच प्रेस कन्फरेन्समा बोल्दै कप्तान सागर थापाले नेपाल जितका लागि तत्पर रहेको बताए| “भारतलाई हराउन असम्भव छैन, हामीले पहिला पनि भारतलाई हराएकै हौँ र फेरी पनि दोहोर्याउन सक्षम छौं,” थापाले भने|
“हामीले भारतसंगको खेललाई साफको तयारीको रुपमा लिएका छौं र यसले टिमलाई एकदम मद्दत पुग्नेछ,” थापाले टुंग्याए|
July 29, 2025
भक्तपुर (हाम्रो खेलकुद)- ‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ हुने भएको छ। युवा फुटबल प्रतियोगिताअन्तर्गत एफसी रिएलेको आयोजना हुने प्रतियोगिता रिएले समर लिग साउन २४ गते (अगस्ट २) सुरु हुने भएको हो। प्रतियोगिताका सबै मध्यपुर ठिमीस्थित बोडेको रिएले ग्राउन्डमा सञ्चालन हुनेछ। यस संस्करणमा तीन उमेर समूहमा खेल आयोजना हुने आयोजकले जनाएको छ। जसमा […]
July 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा हुने एएफसी महिला यु–२० एसियन कपको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले आइतबार २३ सदस्सीय टोली नेपाली युवा टोली घोषणा गरेका हुन् । बंगलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिपको उपविजेता टोलीमा रहेकी झुमा विश्वकर्मालाई बाहेक सबै निरन्तरता दिएको छ। झुमाको ठाउँमा सजिना स्याङ्तानलाई […]
July 28, 2025
एजेन्सी – इङ्ल्यान्डले महिला युरो २०२५ को उपाधि जितेको छ। स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो। निर्धारित र थप समय पनि १-१ को बराबरीपछि पेनाल्टी सुटआउट भएको थियो। युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन्। उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको […]