6 years ago
February 12, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तरगको प्रि–क्वाटर फाइनलको पहिलो लेगमा आज राती इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बीच प्रतिस्पर्धा हुदैछ ।
पहिलो लेगको खेल म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा नेपाली समयानुसार राति १ः४५ बजे हुदैछ । घरेलु टोली म्यानचेस्टर युनाइटेड चोटले ग्रस्त पीएसजीलाई पराजित गर्दै क्वाटरफाइन पुग्ने लक्ष्यमा मैदान उत्रनेछ । विश्व च्याम्पियन फ्रान्सका दुई प्रभावशाली खेलाडी पल पोग्बा र किलियन एमबाप्पे आमने सामने हुँदैछन् ।
अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षण सम्हालेयता युनाइटेड ११ खेलमा अपराजित रहेको छ । यस क्रममा युनाइटेडले बर्नलीसँग मात्रै १–१ को बराबरी खेलेको छ । यही प्रदर्शनलाई युनाइटेड पीएसजीविरुद्धको खेलमा पनि निरन्तरता दिन चाहन्छ । युनाइटेडसँग रोमेलु लुकाकु, पल पोग्बा र एन्थोनी मार्सियलजस्ता खेलाडीहरु छन् । अन्य खेलाडीहरुले जुनसुकै बेला खेल आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्दछन् ।
यता चोटले ग्रस्त पीएसजी घरेलु टोलीलाई स्तब्ध पार्ने योजनामा मैदान उत्रनेछ । चोटका कारण मुख्य फरवार्ड नेयमार जुनियर, एडिन्सन काभनी र थोमस म्युनिएरलाई गुमाएको पीएसजी अग्रपङ्तिमा केलियन एमबाप्पेमा निर्भर रहनेछ । नेयमार जनवरी २३ मा भएको खेलमा एंकलमा चोट बोक्दै मैदान बाहिर रहेका छन् । उनी अप्रिलमा मैदानमा फर्कने सम्भावना रहेको छ । काभानीले लिग वानमा बोर्डेअक्सविरुद्ध १–० ले जित निकालेको खेलमा तिघ्रामा चोट बोकेका थिए ।
फरवार्डद्वय नेयमार र काभानी नभएपनि लिग वानको शीर्षस्थानमा रहेको पीएसजी युनाइटेडको अपराजित यात्रालाई पुर्णविराम लगाउने लक्ष्यमा हुनेछ । पीएसजीले पछिल्लो ५ खेलमध्ये एक खेलमा मात्रै हार बेहारेको छ । पछिल्लोपटक पीएसजी लिग वानमा लियोनसँग २–१ ले पराजित भएको थियो । त्यसयताको दुई खेलमा जित निकालेको पीएसजीले युनाइटेडविरुद्धको खेलको लागि तयार रहेको संकेत दिएका थिए ।
यि दुई अहिलेसम्म एक पटकमात्रै एक आपसमा प्रतिस्पर्धा गरेका छन् । सन् २०१५ मा नर्थ अमेरिकन च्याम्पिन्स कपमा प्रतिस्पर्धा गरेको थियो । जसमा पीएसजी २–० ले विजयी भएको थियो । दोस्रो लेग पिएसजीको घरेलु मैदानमा ७ मार्चमा हुनेछ ।
च्याम्पियन्स लिगमै आज राति इटालियन क्लब रोमा र पोर्चुगिज क्लब एफसी पोर्टाेबीच प्रतिस्पर्धा हुदैछ । पहिलो लेगको खेल रोमाको मैदानमा नेपाली समयानुअसार रातको १ः४५ बजे सुरु हुनेछ ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]