6 years ago
February 12, 2019
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस सान्चेजले पछिल्लो एक महिनामा पाउल पोग्बाका कारण टोलीको प्रदर्शनमा सकारात्मक प्रभाव परेको बताएका छन् ।
जोसे माउरिन्होको बर्खास्ती पछि टोलीमा आएको परिवर्तनका बारेमा पनि सान्चेज बोलेका छन् ।
माउरिन्होको बर्खास्तगी र कार्यवहाक प्रशिक्षकका रुपमा सोल्सेजरको आगमन पछि पोग्बाले ७ गोल गरिसकेका छन् ।
पोग्बालाई मिडफिल्डमा नेमान्जा माटिच र आन्द्रे हरेराले सहयोग गरिरहेका छन् । माउरिन्हो गएपछि पछिल्लो समयमा फ्रान्सेली पोग्बाको बडी ल्याङ्वेज फरक रहेको बताएका छन् ।
‘उनी युवा छन् तर पनि उत्कृष्ट खेलाडी हुन् । उनी टोलीमा विश्वास गर्छन्, ‘सान्चेजले भने, ‘मैले पछिल्लो समय उनी टोलीमा थप प्रतिबद्ध भएको र राम्रो खेलिरहेको पाएको छु । अहिले क्लबको वातावरण पनि उत्कृष्ट छ । ‘
माउरिन्होले छाडेयता ड्रेसिङ रुममा कस्तो परिवर्तन भएको छ भन्ने प्रश्नको जवाफमा सान्चेजले भने, ‘बन्द कोठामा के हुन्छ म कहिल्यै भन्न चाहन्न । मानिसहरु जादुमय ढंगले परिवर्तन हुन्छ भन्ने ठान्छन् । तर मलाई त्यसमा विश्वास छैन । म मेहनतमा विश्वास गर्छु । ‘
सान्चेज घरेलु मैदानमा यो साता पेरिस सेन्ट जर्मेनविरुद्ध हुने च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा उत्रने सम्भावना रहेको छ ।
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]