6 years ago
February 11, 2019
एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसी सुरुवाती रोजाईमा फर्किएको खेलमा एथलेटिक बिल्बाओले आफ्नो घरेलु मैदान सान मामेसमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको छ ।
लगातार तेस्रो खेल बराबरी खेलेको बार्सिलोनाले यससँगै शीर्ष स्थानमा अग्रता बढाउने मौका पनि गुमाएको छ । बुधबार कोपा डेल रे अन्तर्गत रियल म्याड्रिडविरुद्ध १-१ को बराबरीमा बेन्चबाट मैदान छिरेका मेसी बिल्बाओविरुद्ध भने सुरुवाती रोजाइमा थिए । तर उनले अपेक्षित नतिजा निकाल्न भने सकेनन् ।
मिडफिल्डमा घाइते भएका आर्थरको कमीलाई अर्का मिडफिल्डर आर्टुरो भिडालले पूरा गर्न सकेनन् । दोस्रो हाफमा बार्सिलोनाले मौका पाएपनि सदुपयोग गर्न नसक्दा जित दर्ता गर्न सकेन । यससँगै बार्सिलोनालाई लयमा फर्किएको रियल म्याड्रिडले प्रत्यक्ष दबाब दिन सक्ने देखिएको छ ।
बार्सिलोनाको २३ खेलमा ५१ अंक छ । रियल म्याड्रिडले समान खेलमा ४५ अंक जोडेको छ भने एटलेटिकोको ४४ अंक रहेको छ । बार्सिलोनाले लिग अन्तर्गत शनिबार घरेलु मैदानमा रियल भालाडोलीडको सामना गर्नेछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]