6 years ago
February 10, 2019
झापा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देविका खड्का झापा स्पोर्टस् अवार्ड २०७४ बर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले शनिबार बिर्तामोडमा भएको दोस्रो संस्करणको ‘झापा स्पोर्टस अवार्ड—२०७४’ मा नवयुगले उत्कृष्ट पुरुष र देविकाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड प्राप्त गरेका हुन् ।
नवयुगले राष्ट्रिय टोलीका विशाल राई बी र अनन्त तामाङलाई पछि पार्दै अवार्ड जिते । नवयुग इलामका तथा विशाल र अनन्त झापाका हुन् । उत्कृष्ट महिला खेलाडी देवकी खड्काले करातेकी एस्तर राई र फुटबलकी अन्जिला तुम्बाफो सुब्बालाई पछि पारिन् ।
एपिएफका देविका र एस्तर झापाका हुन् । अन्जिला महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर इलामकी हुन् । उत्कृष्ट खेलाडी बनेका नवयुगले यामाह कम्पनीको मोटरसाइकल र देविकाले स्कुटी प्राप्त गरे ।
भलिब प्रशिक्षक ताप्लेजुङका तेजप्रताप पतङ्वा सुब्बा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्माति भएका थिए । उनले ३५ हजार रुपैयाँसहित सम्मानित भएका हुन् । सुब्बाले इस्ट होराइजन स्कुलको तर्फबाट १० हजार रुपैयाँ समेत प्राप्त गरे ।
स्वर्गिय आशिषविक्रम नेम्वाङप्रति समर्पित अवार्डमा वर्ष उत्कृष्ट युवा खेलाडीतर्फ एथलेटिक्सका प्रकाश दुनावार (झापा)घोषित भए । उनले एथलेटिक्सकै सविता कार्की (ताप्लेजुङ) र फुटबलकी सम्झना लावती (झापा) लाई पछि पारेका थिए ।
त्यसैगरी, वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका विरु श्रेष्ठ अवार्ड जिते । उनले जुडोका गंगा खड्का र बक्सिङका डम्बर लिम्बूलाई पछि पारेका हुन् । मनोनयमा परेका प्रशिक्षक सबै झापाका हुन् । पुल्स च्वाइज प्लेयरको अवार्ड फुटबलका देवेन्द्र तामाङले हात पारे । उनी झापा ११ का डिफेन्डर हुन् ।
उत्कृष्ट युवा, प्रशिक्षक र पिपुल्स च्वाइज प्लेयरक विजेताले समान २५ हजार प्राप्त गरे । पुरस्कार राशी अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष पंकजविक्रम नेम्बाङले प्रदान गरेका हुन् । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई मोटरसाइकल र स्कुटी झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले प्रायोजन गरेका हुन् ।
गत वर्ष झापाका खेलाडीलाई मात्र केन्द्रित गरेर प्रदान गरिएको अवार्ड यस वर्षबाट मेची अञ्चल भरिका खेलाडी तथा प्रशिक्षकलाई समेटिएरको खेलकुद पत्रकार मञ्च झापाले जनाएको छ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]