6 years ago
February 10, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार टोटेनहम हट्स्परले लेस्टर सिटीलाई ३-१ ले पराजित गरेको छ ।
खेलको पहिलो हाफमा टोटेनहमले १-० को अग्रता लिएको थियो । ३३ औं मिनेटमा डाभीन्सन सान्चेजले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले क्रिस्टियन एरिक्सनको क्रसलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए ।
दोस्रो हाफमा लेस्टरले खेल बराबरी गर्ने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । जान भर्टोङघनले निक म्याडिसनलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिएका थिए । फरवार्ड जेमी भार्डीले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको पहिलो टचमा प्रहार गरेको पेनाल्टी टोटेनहमका कप्तान ह्युगो लोरिसले बचाए ।
एरिक्सनले ६३ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । ७६ औं मिनेटमा लेस्टरले गोल फर्कायो । पेनाल्टीमा चुकेका भार्डीले रिकार्डो परेराको क्रसमा गोल गर्दै अग्रता घटाए । तर लयमा रहेका कोरियाली फरवार्ड सन ह्युङ मिनले ९० औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।
यस जितसँगै टोटेनहम अंक तालिकाको तेस्रो स्थानमा बलियो रहेको छ । स्पर्सको २६ खेलमा ६० अंक छ । चौथो स्थानको युनाइटेडको समान खेलमा ५१ अंक छ । दोस्रो स्थानको सिटीले भने समान खेलमा ६० अंक जोडेको छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]