default_image

6 years ago

February 10, 2019

११ खेलाडीले नै पेनाल्टी हानेपछि अँध्यारो हुँदा खेल स्थगित

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बुढासुब्बा गोल्डकप २०७५ को उद्घाटन खेल अँध्यारो परेपछि स्थगित भएको छ । सीएमजी क्लब संकटा र मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरबीचको खेल टाइब्रेकरमा पुगेर दुवै टोलीका ११ खेलाडीले टाइब्रेकर लिँदा पनि नतिजा ननिस्केपछि स्थगित भएको हो । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

काक्करभीट्टाले खेलको १० औं मिनेटमा कर्ण लिम्बूको गोलमा अग्रता लिएको थियो । कर्णले पेनाल्टी क्षेत्रभन्दा थोरै बाहिरबाट प्राप्त फ्रिकिकलाई गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफको ६० औं मिनेटमा संकटाले बराबरी गोल फर्कायो । सेड्रिक अबाको पासमा जय गुरुङले गोल गरेका थिए । खेलको ६८ औं मिनेट काक्करभीट्टाले पुन: अग्रता लियो । संकटाका गोलरक्षक राजबाबु थापाले कर्नरमा नियन्त्रण लिन नसकेको बलमा पुजन उपरकोटिले हेडर गोल गर्दै अगाडी बढाए ।

दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा संकटाले बराबरी गोल फर्कायो । दिपेश आले मगरले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै खेललाई टाइब्रेकरतर्फ धकेलेका थिए ।

टाइब्रेकरमा दुवै टोलीले जित दर्ता गर्न सकेनन् । पहिलो पाँच पेनाल्टी ४-४ को अवस्थामा सकिंदा सडन डेथमा दुवै टोलीले १-१ प्रहार चुकाए । ९-९ को स्थितमा छँदा दुवै तर्फका खेलाडीले बल देख्न नसक्ने जनाएपछि खेल स्थगित भएको हो । सोमबार खेल यसै स्थितिबाट सुरु हुने जानकारी आयोजकले दिएको छ ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.