9 years ago
April 20, 2016
त्रिभुवन आर्मी क्लब र ससश्त्र प्रहरी बलले आफ्नो खेलमा जित हात पार्दै महिला लिगको सुपर लिगमा स्थान सुरक्षित गरेका छन्|
आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले पश्चिमांचललाई ९-०को अन्तरले हराउँदै सुपर लिगमा स्थान पक्का गर्यो भने दोश्रो खेलमा ससश्त्रले सुदुरपश्चिमलाई १४-०ले पख लगायो|
आर्मीका लागि दिपा अधिकारीले ११औं, ३१औं र ८९औं मिनेटमा गोल गरिन भने शर्मिला थापा मगरले पांच गोल गरिन| उनले १४औं, १६औं, ३५औं, ७७औं र ८०औं मिनेटमा गोल गरिन| आर्मीका लागि अर्को गोल सपना लामाले ७१औं मिनेटमा गरेकी थिईन्|
अर्को खेलमा सशस्त्रले सुदुरलाई १४-०ले पराजित गर्दा तिन खेलाडीले ह्याट्रिक गरे| सावित्रा भण्डारी र सजना राणाले चार गोल गरे भने अनिता बस्नेतले तिन गोल गरिन| अन्य गोलकर्तामा अनु लामा दुइ गोल र मंजु दोंगले एक गोल गरेकी थिइन|
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]