default_image

6 years ago

February 10, 2019

नेपोलीको बराबरीसँगै युभेन्ट्सलाई अग्रता बढाउने अवसर

96 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा फिओरेन्टिनाको घरेलु मैदानमा नेपोली गोलरहित बराबरीमा रोकिएको छ ।

फिओरेन्टिनाका गोलरक्षक अल्बान लाफोन्टले उत्कृष्ट प्रदर्शन गरेपछि नेपोली बराबरीमा रोकिएको हो । यससँगै नेपोलीले लगातार तेस्रो अवे खेलमा गोल गर्न चुकेको छ । यता फिओरेन्टिनाले भने लिगको २३ खेलमा ११ औं बराबरी खेलेको छ ।

यस बराबरीले शीर्ष स्थानको युभेन्ट्सलाई भने फाइदा पुग्ने देखिन्छ । आइतबार सासुओलोविरुद्ध जित हात पारेको खण्डमा युभेले आफ्नो अग्रता दोहोरो अंकमा पुर्याउन सक्नेछ । युभेका लागि क्रिस्टियानो रोनाल्डो पछिल्लो समय निकै लयमा देखिएका छन् ।

लिगको २२ खेलमा युभेन्ट्सले ६० अंक जोडेको छ । यता नेपोलीले २३ हेल्म ५२ अंक हासिल गरेक छ । तेस्रो स्थानको इन्टर मिलान २३ खेलमा ४३ अंक जोड्न सफल भएको छ ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.