6 years ago
February 10, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोको घरेलु मैदानमा रियल ३-१ ले विजयी रह्यो ।
खेलको १६ अौं मिनेटमा रियलले क्यासेमिरोको गोलमा अग्रता लिएको थियो । सर्जियो रामोसको हेडरलाई क्यासेमिरोले पेनाल्टी क्षेत्रभित्रबाट दर्शनीय ढंगले गोलमा परिणत गरेका थिए । त्यसको ९ मिनेटमा नै एट्लेटिको खेलमा फर्कियो । एन्जल कोर्रियाको पासमा एन्टोइन ग्रिज्मनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
पहिलो हाफको ३ मिनेट समय बाँकी रहँदा रियलले पुन: अग्रता कायम गर्यो । जोसे जिमिनेजले पेनाल्टी क्षेत्रभित्र गल्ती गरेपछि प्राप्त पेनाल्टीलाई रियलका कप्तान सर्जियो रामोसले गोलमा परिणत गरे ।
खेलको ७४ अौं मिनेटमा रियलले अग्रता दोब्बर पार्यो । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले लुका मोड्रिचको पासलाई सदुपयोग गर्दै रियलको जित सुनिश्चित गरे । खेलको १० मिनेट समय बाँकी रहँदा एट्लेटिको १० खेलाडीमा समेटियो । थोमस पार्टे दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए ।
यस जितसँगै रियलले लिगको अंक तालिकामा दोस्रो स्थान कब्जा गरेको छ । रियलले २३ खेलमा ४५ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिकोले समान खेलमा ४४ अंक बनाएको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाले २२ खेलमा ५० अंक बनाएको छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]