default_image

6 years ago

February 9, 2019

लिभरपुल पुनः शीर्षस्थानमा

97 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– लिभरपुल पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । घरेलु मैदानमा शनिबार एएफसी बोर्नमाउथलाई ३–० ले हराएपछि म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल पुन शीर्षस्थानमा उक्लेको हो ।

साडियो मानेको गोलबाट २४ औं मिनेटमा मिनेटमा अग्रता लिएको थियो । जेम्स मिल्नरको क्रममा उनले हेडमार्फत गोल गरेका थिए । त्यसको १० मिनेटपछि जर्जियो विज्नाल्डुमले गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफको तेस्रो मिनेटमा मोहम्मद सालाहले गोल गर्दै टोलीको जित निश्चित पारे । जितपछि लिभपुलको ६५ अंक पुगेको छ । ३ अंक कमको सिटीले आइतबार चेल्सीको सामना गर्नेछ । बोर्नमाउथ ३३ अंकका साथ ११ औं स्थानमा छ ।

अन्य खेलमा आर्सनलका हर्डसफिल्ड टाउनलाई २–१ ले कार्डिफ सिटीले साउथ ह्यामटनलाई २–१ ले तथा वार्टफोर्डले एभर्टनलाई १–० ले पराजित गर्यो । त्यस्तै क्रिस्टल प्यालेस र वेस्ट ह्याम युनाइटेडले १–१ बराबरी खेलेका छन् ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.