6 years ago
February 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हारबाट भारतको भुवनेश्वरमा सुरु भएको हिरो गोल्ड कप महिला फुटबल च्याम्पियनसिपको सुरुवात गरेको छ ।
तस्बिर सौजन्य : अखिल नेपाल फुटबल संघ (एन्फा) ।
झन्डै चार महिना अघि ओलम्पिकको दोस्रो चरणका लागि छनोट भएको नेपाली टोली शनिबार हिरो कपको पहिलो खेलमा म्यानमारसँग ३–० सँग पराजित भएको छ । नेपालले ओलम्पिक छनोटमा त्यहि टोलीसँग १–१ को बराबरी खेलेको थियो ।
शनिबार पहिलो हाफमा १–० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा थप २ गोलको सामना गरेको थियो । म्यानमारलाई जित दिलाउन किन मो वाइले २ र विन थिङ्ग्री टुनले १ गोल गरिन् । किनले ४४ औं मिनेटमा पहिलो गोल गरिन् । विनले ५४ औं मिनेटमा र किनले अर्को गोल ७७ औं मिनेटमा गरेकी थिइन् ।
फिफा वरियतामा आफुभन्दा निकै माथि रहेको नेपालले यो प्रतियोगितालाई अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्प्यिनसिपको तयारीमा लिएको छ ।
नेपालको महिला टोलीको फिफा वरियता १ सय आठौं स्थानमा छ । म्यानमार भने फिफा वरियतामा ४४ औं स्थानमा छ । नेपालसहित आयोजक भारत, म्यानमार र इरानले हिरो कपमा प्रतिस्पर्धा गरिरहेका छन् । आजै अर्को खेलमा भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल सोमबार आयोजक भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]