6 years ago
February 9, 2019
पोखरा (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्याङ्दी क्लब अर्को नकआउट फुटबल प्रतियोगिताको उपाधि दौडबाट बाहिरिएको छ । लिग च्याम्पियन बनेयता मनाङले कुनै नकआउट उपाधि जित्न सकेको छैन ।
मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको उपाधि दौडाबाट पनि मनाङ शनिबार बाहिरिएको छ । पोखरा रंगशालामा क्यामरुनको दाउफिन्स क्लबसँग सडन डेथमा पराजित हुँदै मनाङ सेमिफाइनलबाट बाहिरिएको हो ।
कमल श्रेष्ठको आत्मघाती गोलबाट दाउफिन्सले खेलको ६६ औं मिनेटमा अग्रता बनाएको थियो । तर आफिज ओलावालेको गोलबाट मनाङ खेलमा फर्केको थियो । खेल सकिन ९ मिनेट बाँकी रहँदा ओलावालले अन्जन विष्टले मिलाइदिएको बलमा ओलावालेले हेडमार्फत गोल गरेका थिए ।
निर्धारित समय, थप समय र टाइब्रेकर पनि बराबरी भएपछि सडन डेथमा क्यामरुन टोलीले बाजी मारेको थियो । मनाङ यसअघि सुदूरपश्चिम खप्तड गोल्ड कप र मदन भण्डारी इटहरी गोल्ड कपको फाइनल पुग्न सकेको थिएन । दाउफिन्स पनि ती दुवै प्रतियोगितामा फाइनल पुग्न सकेको थिएन ।
दाउफिन्सले अब विभागिय टोली नेपाल एपिएफ क्लबसँग फाइनल खेल्नेछ । जापानको रोस्सो विश्वविद्यालयलाई हराउँदै एपिएफ यसअघि नै फाइनल पुगिसकेको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल आइतबार हुनेछ । विजेताले उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]