default_image

6 years ago

February 9, 2019

लिभरपुललाई अग्रता बढाउने अवसर

98 views

0 Bookmark

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति दोस्रो स्थानमा रहेको लिभरपुलले बर्नमाउथसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदान एनफिल्डमा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।

प्र्रिमियर लिगमा १४औं चरणको खेलपछि शीर्षस्थानमा उक्लिएको लिभरपुल २६औं चरणको खेलपछि दोस्रो स्थानमा झरेको थियो । एक खेल कम खेलेको लिभरपुल गोल अन्तरका आधारमा म्यानचेस्टर सिटीसँगै पछि परेको हो ।

यस्तोमा लिभरपुल बर्नमाउथलाई पराजित गर्दै पुनः शीर्षस्थानमा उक्लने लक्ष्यका साथ मैदान उत्रनेछ । बर्नमाउथलाई पराजित गर्न सके लिभरपुलले सिटीलाई ३ अंकले पछि पार्नेछ । बर्नमाउथलाई पराजित गर्न लिभरपुल तयार रहेको प्रशिक्षक योर्गेन क्लोपले बताएका छन् ।

बर्नमाउथसँगको पछिल्लो ५ मेटमा लिभरपुलले ३ जित र समान १ बराबरी र हारको नतिजा निकालेको छ । यसै सिजन लिभरपुलले बर्नमाउथमाथि ४–० को फराकिलो जित निकालेको थियो । अघिल्लो सिजनको दुवै भेटमा लिभरपुलले बर्नमाउथलाई ३–० र ४–० को नै हार चखाएको थियो । त्यसभन्दा अघिल्लो दुई सिजनमा भने लिभरपुलले २–२ गोलको बराबरी तथा ४–३ को हार बेहोरेको थियो ।

लिभरपुल पछिल्ला दुई खेलमा लेस्टर सिटी र वेस्टह्यामसँग समान १–१ को बराबरी खेलेको थियो । तर, बराबरीलाई बिर्साउने प्रयासमा हुनेछ । लिभरपुलसँग मोहम्मद सलाह, साडियो माने, रोबर्टो फिर्मिनो, जद्रान शाकिरी, जर्जिन्हो विज्नल्डम, जोर्डन हेन्डरसन, भर्जिल भान डिजिक र एलिसन बेकरजस्ता स्तरीय खेलाडी छन् ।

यता, बर्नमाउथ घरेलु टोलीलाई स्तब्ध बनाउने योजनामै मैदान उत्रनेछ । पछिल्लो ५ खेलमा बर्नमाउथले ३ हारको नतिजा निकाल्दा २ खेलमा जित हात पारेको छ । कार्डिफ सिटीसँग पराजित हुनुअघि बर्नमाउथले चेल्सीलाई ४–० ले पराजित गरेको थियो । बर्नमाउथ ३३ अंक जोडेर १०औं स्थानमा छ । टोटेनहम ५७ अंक सहित तेस्रो स्थानमा रहँदा चेल्सी ५० अंकसहित चौथो स्थानमा छ ।

प्रिमियर लिगका अन्य खेल
फुलहम विरुद्ध म्यानचेस्टर युनाइटेड ६ः१५
क्रिस्टल प्यालेस विरुद्ध वेस्ट ह्याम युनाइटेड ८ः४५
हडर्सफिल्ड विरुद्ध आर्सनल ८ः४५
कार्डिफ सिटी विरुद्ध साउथह्याम्टन ८ः४५
वार्टफोर्ड विरुद्ध एभर्टन ८ः४५
ब्राइटन विद्ध बर्नली ११ः१५

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.