6 years ago
February 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले भारतमा शनिबार सुरु हुने हिरो गोल्डकप नेपालले सिक्ने अवसरका रुपमा लिने बताएका छन् ।
प्रतियोगिताको पूर्वसन्ध्यामा बोल्दै प्रशिक्षक खड्काले नेपालले साफ च्याम्पियनसिपको तयारीका रुपमा यस प्रतियोगितालाई हेरेको बताएका छन् । ‘हामी चार टोलीमध्ये सबैभन्दा कमजोर छौं । फिफाको वरियता अनुसार पनि हामी तल छौं । तर हामी यहाँ केहि सिक्न आएका हौं । आफ्नो कमजोरी सुधार्ने र बलियो पक्ष थाहा पाउने यो राम्रो अवसर हो,’ उनले भने, ‘ हामीले साफ च्याम्पियनसिपको लागि लामो तयारी गरेका छौं । यस प्रतियोगिताले हाम्रो तयारीमा थप सहयोग पुग्नेछ ।’
प्रशिक्षक खड्काले नेपाली टोलीले पछिल्लो समय निकै सुधार गरेको पनि बताए । ‘लामो समयदेखि भारतले दक्षिण एसियाली फुटबलमा वर्चस्व जमाएको छ । नेपालले पनि पछिल्लो समय सुधार गरेको छ । एन्फाले पनि महिला फुटबललाई प्राथमिकतामा राखेको छ । ओलम्पिक छनोटको नतिजाले पनि त्यसलाई प्रमाणित गरेको छ । यो सुधारलाई हामी अझै संघर्ष गरेर अगाडी बढाउने पक्षमा छौं,’ उनले भने ।
खड्काले नेपाली टोलीमा सबो खेलाडी राम्रो रहेको पनि बताए । ‘हाम्रो टोलीमा सबै खेलाडी राम्रा छन् । केहि यस्ता खेलाडी पनि छन् जसले खेलको नतिजा बदल्न सक्ने क्षमता राख्छन् । हामीले यसअघि म्यानमार र भारतसँग खेलिसकेका हुनाले उनीहरुलाई हाम्रो टोलीबारे थाहा पनि छ । इरानबारे भने हामी त्यति जानकार छैनौं,’ प्रशिक्षक खड्काले थपे ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा म्यानमारकोसामना गर्दैछ । आयोजक भारत र इरानले दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेलमा शीर्ष दुई टोलीले अर्को शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । नेपालले सोमबार भारत र बुधबार इरानसँग प्रतिस्पर्धा गर्नेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]