default_image

6 years ago

February 9, 2019

सोल्सजर जनवरीको उत्कृष्ट प्रशिक्षक, युनाइटेडमा फर्गुसनपछि पहिलो

87 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडका कार्यवाहक प्रशिक्षक ओले गुनार सोल्सजरले प्रिमियर लिगको जनवरी महिनाको उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन् । म्यानचेस्टर युनाइटेडमा सर एलेक्स फर्गुसनपछि सोल्सजर यो उपाधि हासिल गर्ने पहिलो प्रशिक्षक बनेका छन् ।

जोसे मोउरिन्होको बर्खास्तीपछि टोलीको जिम्मेवारी सम्हालेका सोल्सजरले १० मध्ये ९ खेलमा जित दर्ता गरेका छन् । उनले सिजनको अन्त्यसम्म मात्र टोलीको जिम्मेवारी सम्हाल्नेछन् । यद्यपी युनाइटेडले उनलाई नै स्थायी प्रशिक्षकको जिम्मेवारी दिने सम्भावना पनि प्रबल छ । जनवरीको उत्कृष्ट प्रशिक्षक बन्ने क्रममा उनले अन्य दावेदार बर्नलीका सन डाइस र साउथह्याम्पटनका राल्फ हासनहटललाई पछाडी पारे ।

जनवरीमा युनाइटेडले सम्भावित १२ मध्ये १० अंक जोडेको थियो । टोटेनहम, न्युकासल र ब्राइटनलाई पराजित गरेको युनाइटेडले बर्नलीविरुद्ध २-२ को रोमांचक बराबरी खेलेको थियो । यस नतिजासँगै युनाइटेडले शीर्ष ४ सँगको दुरीलाई २ अंकमा झारेको छ । मोउरिन्हो बर्खास्त हुँदा युनाइटेड ११ अंकले पछाडी रहेको थियो ।

‘हामी अंक तालिकाको माथि पुग्न चाहन्छौं । यो हाम्रो यात्राको सुरुवात मात्र हो । जति धेरै क्लब र खेलाडीसँग घुलमिल हुन सकिन्छ, त्यति नै सफलता हासिल गर्न सहज हुन्छ,’ प्रशिक्षक सोल्सजरले भने । ४५ वर्षीय सोल्सजर प्रिमियर लिगको उत्कृष्ट खेलाडी वा प्रशिक्षक उपाधि जित्ने पहिलो नर्वेली खेलाडी पनि बने ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.