6 years ago
February 8, 2019
पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
जापानको रिस्सो विश्वविद्यालयलाई शुक्रबार पेनाल्टी सुटआउटमा ४–१ हराउँदै एपिएफ अन्तिम दुईमा पुगेको हो । वर्षाका कारण यी दुई टोलीबीचको खेल बिहीबार स्थगित भएको थियो ।
पोखरा रंगशालामा निर्धारित ९० मिनेट र थप समयमा पनि गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । जसमा एपिएफ भाग्यशाली रह्यो ।
एपिएफका ए्पिएफका तर्फबाट सुदिप सिख्राकार, आशिष लामा, राजिब लोप्चाङ, राजु नगरकोटीले गोल गरे । रिस्सोका लागि ताकुया हितोमीले मात्र गोल गरे ।
नात्सुकी ताकेदाको प्रहार गोलकिपर राजु योगीले रोके । ताउतो योसिनोको प्रहार पोस्को टाढाबाट बाहिरियो । एपिएफले सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र दाउफिन्स क्लब मध्ये एकसँग फाइनल खेल्नेछ । कास्की जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको दोस्रो सेमिफाइनल शनिबार हुनेछ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]