default_image

6 years ago

February 7, 2019

फिफा वरियतामा नेपाल यथावत

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष फुटबल टोली फिफा वरियताको १ सय ६१ औं स्थानमा यथावत रहेको छ । विश्व फुटबल महासंघले फेब्रुअरीका लागि बिहीबार जारी गरेको वरियतामा नेपाल अघिल्लो महिनाकै वरियतामा यथावत रहेको छ ।

दक्षिण एसियाली राष्ट्र मध्ये भारत अहिले पनि शीर्षस्थानमा रहेको छ । भारत फिफा वरियतामा १ सय ३ स्थान र साफ च्याम्पियनसिप विजेता माल्दिभ्स १ सय ५२ औं स्थानमा रहेको छ ।

बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाललाई हराउँदै माल्दिभ्स फाइनलमा पुगेको थियो । फाइनलमा माल्दिभ्सले भारतलाई हराएको थियो । दक्षिण एसियाका अन्य राष्ट्र भने नेपाल भन्दा पछाडि रहेका छन् । भुटान १ सय ८६ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान १ सय ९९ औं र श्रीलंका २ सयौं स्थानमा रहेको छ ।

विश्व कपको तेस्रो स्थान प्राप्त गरेको बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा छ । विश्व कप विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, विश्व कपको फाइनल खेलेको क्रोएसिया चौथो र इग्ल्यान्ड पाँचौं स्थानमा छ । त्यस्तो पोर्चुगल, उरुग्वे, स्विट्जरल्यान्ड, स्पेन र डेनमार्क क्रमश ः छैटौं देखि दसौं स्थानमा छन् ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.