6 years ago
February 7, 2019
एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले तेस्रो डिभिजनको क्लब भिल्लीफ्रान्चेलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।
भिल्लीफ्रान्चेको घरेलु मैदानमा बुधबार राति भएको खेलमा पीएसजीले तेस्रो डिभिजनको क्लबलाई पराजित गर्न अतिरिक्त समय नै कुर्नुपरेको थियो । पीएसजीलाई जिताउन जुलियन ड्रेक्सलर, मोउसा डियावी र एडिन्सन काभनीले गोल गरे ।
घरेलु टोली भिल्लीफ्रान्चेले बलियो पीएसजीलाई निर्धारित समयसम्म बराबरीमा रोक्न सकेपनि अतिरिक्त समयमा रोक्न सकेन । अतिरिक्त समयको १०२औं मिनेटमा जुलियन ड्रेक्सलरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । उनले एडिन्सन काभनीको पासलाई गोलमा परिणत गरेका थिए ।
११३ औं मिनेटमा केलियन एमबाप्पेको पासमा मोउसा डियावीले गोल गर्दै पीएसजीलाई २–० ले अघि बढाए । ११९ औं मिनेटमा एमबाप्पेकै पासमा काभानीले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए ।
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]