6 years ago
February 7, 2019
एजेन्सी – बायर्न म्युनिख जर्मन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बायर्नले अतिरिक्त समयमा हर्था बर्लिनलाई ३–२ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।
बर्लिनको घरेलु मैदानमा बुधबार राति भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएपनि जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलको तेस्रो मिनेटमा नै म्याक्सिमिलियनले गोल गर्दै घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । तर, सातौं मिनेटमा सर्जि जिनाब्रीले बायर्नका लागि बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।
प्रतिस्पर्धात्मक बनेको खेलको ४९औं मिनेटमा सर्जिले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले खेलमा २–१ को अग्रता बनायो । ६६औं मिनेटमा डेभी सेल्कीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । ९८औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नलाई ३–२ को जित दिलाएर अन्तिम आठको यात्रा तय गरायो ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]