9 years ago
April 20, 2016
पोखरा ०७ वैशाख
धरान फुटवल क्लब पोखरामा जारी पााचौ पोखरा कपको सेमिफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा पााहुना टोली उडिसा फाओ एकेडेमी भारतलाई ३— ० ले हराउदै धरान अन्तिम चारमा पुगेको हो ।
पहिलो हाफ बराबरीमा सकिएपनि खेलको ५९ औं मिनेटमा धरानका तीर्थ बस्नेतले गोलको खाता खोलेका थिए । खेलको ७५ औं मिनेटमा लक्ष्मण रुचालले अग्रता दोब्बर पारे भने जिम्मीले ८४ औं मिनेटमा धरानको लागि तेस्रो गोल गरेका थिए । म्यान अफ दी म्याच धरान एघारका वर्तमान राइ घोषित भए ।
खेल तालिका अनुसार दिल्ली युनाईटेड एफसीले प्रतियोगितामा सहभागीता जनाउने भनिएपनि अन्तिम समयमा अर्को भारतीय टिम आएको हो ।
आजको विजेता धरानले फाईनल प्रबेशको लागि बैशाख ९ गते आर्मी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलिको पहिलो सेमिफाईनल खेल मनाङमस्र्याङदी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबको विचमा हुनेछ । प्रतियोगिताको फाईनल खेल बैशाख ११ गते हुनेछ । खेल पश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै धरान फुटवल क्लवका प्रशिक्षक सुवास केसीले आजको खेल राम्रो भएको वताए । अव आर्मी संग हुने खेल पनि राम्रो प्रस्तुती रहने उनको भनाइ रहेको थियो ।
त्यस्तै उडिसा फाओ एकेडेमी भारतका प्रशिक्षक एस के मन्जुरले नेपालमा पहिलो पटक फुटवलमा सहभागी हुन पाउदा खुसी लागेको वताए । आफ्नो अण्डर २२ को खेलाडीले नेपालको राम्रो टीम संग प्रतिस्पर्धा गर्नु नया अनुभव भएको उनको भनाइ रहेको थियो । आफ्नो खेलाडीले राम्रो खेल प्रस्तुत गरेको उनले वताए ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]