6 years ago
February 7, 2019
एजेन्सी – लिभरपुललाई पछि पार्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २–० ले पछि पराजित गर्दै शीर्ष स्थनमा फर्किएको हो ।
सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पारेको हो । सिटी र लिभरपुलको समान ६२ अंक छ । यद्दपि लिभरपुलले एक खेल कम खेलेको छ । एभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलमा सिटीलाई जिताउन एमेरिक लापोर्टे र गाब्रियल जेससले गोल गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सिटीले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लापोर्टेको गोलबाट अग्रता बनाएको थियो । लापोर्टेले डेभिड सिल्भाको पासमा गोल गरेका थिए । दोस्रो हाफमा पनि सिटीले इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा गाब्रियल जेससले गोल गर्दै २–० को जित दिलाए ।
सिटीसँग पराजित एभर्टनको २६ खेलबाट ३३ अंक रहेको छ । दोस्रो स्थानमा झरेको लिभरपुलले शनिबार राति बर्नमाउथसँग खेल्नेछ । जितले पुनः ३ अंकको अग्रता तथा बराबरीले लिभरपुलले सिटीसँग एक अंकको अग्रता बनाउने छ । हारले भने लिभरपुल सिटीसँग गोलअन्तरमा पछि पर्नेछ ।
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]