6 years ago
February 6, 2019
एजेन्सी – विश्व फुटबलकै चर्चित खेलमध्येको एल क्लासिकोमा आज राती रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । स्पेनिस कोपा डेल रे को सेमिफाइनलका चरणको पहिलो लेगमा दुई टोली आमनेसामने हुन लागेका हुन् ।
बुधबार हुने पहिलो लेग बार्सिलोनाको घरेलु मैदानमा हुँदैछ । दोस्रो लेगको खेल भने रियलको मैदानमा २७ फेब्रुअरीमा हुदैछ । त्यसलगत्तै स्पेनिस ला लिगाको खेलमा २ मार्चमा यी दुई टोली फेरी भिड्नेछन् ।
यसै सिजन ला लिगामा बार्सिलोनाले लुइस स्वारेजको ह्याट्रिक मद्दतमा रियल मड्रिडलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । यो सिजन निकै खराब प्रदर्शन गरिरहेको रियलले पछिल्लो पाँच खेलमा शतप्रतिशत जित निकालेको छ । यता ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनाले यो सिजन राम्रो खेल पस्किरहेको छ ।
आज हुने खेलका लागि बार्सिलोनाका कप्तान लिओनेल मेसीको स्थिति भने अज्ञात रहेको छ । उनले खेल्ने वा नखेल्ने भन्नेबारे खेलअघि हुने फिटनेस टेस्टमा मात्र थाहा हुने क्लबनिकट स्रोतले जनाएको छ । यद्यपि पछिल्लो खेलमा मेसीको अनुपस्थितिका बाबजुद रियलले फराकिलो जित दर्ता गरेको थियो ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]