6 years ago
February 6, 2019
एजेन्सी – लिग लिडर बोरुसिया डर्टमन्ड जर्मन कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । डर्टमन्ड घरेल मैदानमा वेडर ब्रेमेनसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
डर्टमन्डले खेलमा तीपटक अग्रता लिएर पनि अग्रता जोगाउन असफल बन्यो । निकै नै रोमाञ्चक र नाटकीय बनेको खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा वेडर ब्रेमनका क्लाउडियो पिजारो, म्याक्सिमिलियन एगेस्टिन, डाभी क्लासिन र म्याक्स क्रुसले गोल गरे । डर्टमन्डका एक्सेल विस्टेल र जुलियन विगेलले मात्रै गोल गर्न सफल भए । फ्रान्सिस्को एल्कासेर र म्याक्सिमिलियन फिलिपले गोल गर्न सकेनन् ।
त्यसअघि खेलको पाँचौ मिनेटमा मिलन रासिकाले गोल गर्दै वेडरलाई सुरुवाती अग्रता दिलाए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मार्काे रिउसले बराबरी गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
१०५औं मिनेटमा क्रिस्टियन पुलिसिले गोल गर्दै डर्टमन्डलाई २–१ ले अग्रता दिलायो । १०८औं मिनेटमा क्लाउडियो पिजारोले खेललाई पुनः २–२ को बराबरीमा ल्याए । ११३औं मिनेटमा अचराफ हाकिमीले गोल गर्दै खेलमा पुनः डर्टमन्डले ३–२ को अग्रता बनायो । तर, ११९औं मिनेटमा मार्टिन हार्निकले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा धकेले ।
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]