default_image

6 years ago

February 7, 2019

‘युनाइटेड पनि उपाधि दौडमा छ’- ग्वार्डिओला

74 views

0 Bookmark


लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले टोटनह्याम, चेल्सी र म्यानचेस्टर युनाइटेड लिभरपुल र सिटीसँगै प्रिमियर लिग उपाधि दौडमा रहेको बताएका छन् ।

प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो खेलमा बराबरी खेल्दै अंक गुमाएपछि सिटीले बुधबार अंक बराबर गरेको छ । सोमबार मात्रै लिभरपुलले वेस्टह्यामसँग १–१ को बराबरी खेलेको थियो । लिभरपुल र सिटीको ६२ तथा टोटेनह्यामको ५७ अंक छ ।

चौथो स्थानको चेल्सी लिभरपुलभन्दा १२ अंकले पछाडि छ । जबकी युनाइेटडले नयाँ प्रशिक्षकको आगमनसँगै पछिल्ला ८ मध्ये ७ खेलमा जित हासिल गरेको छ । अहिले युनाइटेड चेल्सीभन्दा २ अंकले पछाडि छ ।

‘टोटेनह्याम वा चेल्सी उपाधि दौडमा छैन मैले कहिल्यै भनेको छैन’ , ग्वार्डिओलाले भने, ‘५ वा ६ टोली जहिले पनि प्रतिस्पर्धा हुन्छ । त्यसमा युनाइटेडले हरेक हप्ता राम्रो खेल्दैछ । जसले गर्दा युनाइटेड पनि प्रिमियर लिग दौडमा फर्केको छ ।’

आउने दिनमा चेल्सीले पनि सबै खेलमा सफल नतिजा ल्याउन सके प्रिमियर लिगको दाबेदारका रुपमा देखिने ग्वार्डिओलाले बताए । उनले भने, ‘सबै दौडमा छन्, यो अंक अन्तर ठूलो होइन ।’ अझै थुप्रै खेल खेल्नुछ । जहाँ की ९ वा १० अंकको फरक ठूलो होइन’, उनले थपे, ‘प्रिमियर लिगको अहिलेको अवस्था हेर्दा जुन सुकै टोली पनि अंकका लिन तयार छन् । साविक विजेता सिटी गत मंगलबार न्युक्यासलसँग स्तब्ध भएको थियो ।’

त्यो अवस्थामा लिभरपुलले सिटीसँगको दुरी ७ अंकमा पुर्याउन सक्थ्यो । तर योर्गन क्लोपको लिभरपुल गत बुधबार लेस्टरसँग बराबरीमा रोकियो । अर्को खेलमा सिटीले आर्सनलाई हराउँदै लिभरपुलमाथि दबाब बढाएको थियो । सिटीले बुधबार राति एभरटनलाई हराउँदै अंक बराबरी गरेको हो ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.