default_image

6 years ago

February 5, 2019

जापानी टोलीसँग पुलिसको हार

152 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै जापानको रिस्सो युनिभर्सिटी छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा रिस्सोले पुलिसलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । रिस्सोलाई अन्तिम चारमा पुर्याउन यासोटाका सुजुकीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । उनले खेलको १९औं मिनेटमा गोल गरेको थियो ।

खेलभर नै दवावमा राखेपनि रिस्सोले त्यसपछि पुलिसको बलियो रक्षापङ्ति तोड्न सकेन । अब रिस्सोले फाइनल प्रवेशका लागि विभागीय नेपाल एपीएफ क्लबको सामना गर्नेछ । एपीएफले थ्री स्टारलाई १–० ले पराजित गर्दै सेमफाइलमा स्थान बनाएको थियो । प्रतियोगिता अन्तर्गत बुधबार मनाङ मर्स्याङदी क्लब र ब्रिगेड ब्वाइज (बीबीसी) बीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.