default_image

9 years ago

April 19, 2016

नेपालमा पनि क्लब लाइसेन्स भित्रिने तयारी

111 views

0 Bookmark

काठमाडौं– एसियाली फुटबल महासंघ (एएएफसी) ले आउने तीन बर्ष भित्र क्लब लाइसन्स लागु गरिसक्ने उद्देश्यले सदस्य राष्ट्रका क्लबहरुसँग छलफल सुरु गरेको छ ।

AFC Club Lisence

एएफसीका प्रतिनिधि योगेश देशाईले मंगलबार नेपाली ए,बी, सी डिभिजन क्लबका अध्यक्ष, महासचिव र प्रतिनिधिसँग क्लब लाइसन्सका बारेमा छलफल गरेका थिए । व्यवसायिक फुटबलको विकासका लागि भन्दै एएफसीले सन् २०१८ सम्म सबै सदस्य राष्ट्रमा क्लबमा लाइसेन्स प्रणाली लागू गर्ने नीति लिएको छ ।

क्लब लाइसेन्सका लागि एएफसीले क्लबको आफ्नै मैदान हुनुपर्ने, युथ टिम हुनुपर्ने, आम्दानीको बाटो प्रष्ट हुनुपर्ने लगायत १७ वटा मापदण्ड तय गरेको छ । खेलाडीसँग सम्झौता , ए लाइसन्स प्राप्त प्रशिक्षक, मार्केटिङ म्यानेजर, आर्थिक योजना लगायतका विषय मापदण्डमा समावेश छन् ।

ए.एफ.सिको च्यम्पिएन्स लिग खेल्ने क्लबहरुले ७३ ओटा मापदण्ड पुरा गर्नु पर्ने प्रावधान रहीआएको अहिले आठ साल बितेको छ, यसैलाई निरन्तरता दिने उदेश्य लिएर ए.एफ.सी कप खेल्न पनि कम्तिमा १७ मापदण्ड पुरा गर्नुपर्ने प्रावधान ए.एफ.सीले ल्याएको हो|

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

Success

Thank you for your time.