6 years ago
February 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा हुने हिरो महिला गोल्डकप फुटबलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।
चार देशबीचको सिरिजको थप प्रशिक्षणका लागि नेपाली टोली अघिल्लो शनिबार नै घाँसे मैदानमा थप अभ्यासका लागि झापा प्रस्थान गरेको थियो । माघ २६ गते म्यानमारसँग खेल्दै हिरो महिला गोल्डकप फुटबलको सुरुवात गर्नेछ ।
नेपालले दोस्रो खेलमा माघ २८ गते भारतसँग र फागुन १ गते इरानसँग प्रतिस्पर्धा गर्दैछ । राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा स्थान बनाउनेछ ।
फागुन अन्तिम साता नेपालमै आयोजना हुने महिला सफल च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले चार देशबीचको प्रतियोगिताको आयोजना गरेको हो ।
नेपाली टोली
गोलरक्षकः एन्जिला तुम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषानाथ
डिफेन्डरः हीरा कुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्वु
मिडफिल्डरः बिमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी
फरवार्ड: अनु लामा, रेखा पौडेल, निरु थापा, सावित्रा भण्डारी, अनिता केसी
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]