6 years ago
February 5, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल सोमबार वेस्ट ह्याम युनाइटेडसँग बराबरीमा रोकिएको छ । वेस्ट ह्यामको घरेलु मैदानमा अग्रता लिएपनि लिभरपुल १-१ को बराबरीमा रोकियो ।
खेलको २२ औं मिनेटमा विवादास्पद गोलबाट लिभरपुलले अग्रता लिएको थियो । साडियो मानेले गोल गर्दै लिभरपुललाई अगाडी बढाएका थिए । उक्त गोल हुने पासका क्रममा जेम्स मिल्नर अफसाइड भएको भिडियो रिप्लेमा देखिएको थियो ।
वेस्ट ह्यामले २८ औं मिनेटमा नै बराबरी गोल फर्कायो । फिलिपे एण्डरसनको चलाखीपूर्ण फ्रिकिकमा माइकल एन्टोनियोले गोल गर्दौ खेल बराबरीमा ल्याए । त्यसपछि मोहमद सलाह र साडियो मानेले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकियो ।
यस बराबरीसँगै लिभरपुलको २५ खेलमा ६२ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीले २५ खेलमा ५९ अंक जोड्दा तेस्रो स्थानको टोटेनहम हट्सपरले २५ खेलमा ५७ अंक जोडेको छ । त्यसपछि भने २५ खेलमा नै क्रमश: चेल्सीको ५०, म्यानचेस्टर युनाइटेडको ४८ र आर्सनलको ४७ अंक रहेको छ ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]