6 years ago
February 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङदी क्लबले लिग विजेताको हैसियतले यस वर्षको एएफसी कप खेल्दैछ ।
प्रतियोगिताको समूह ‘ई’ मा रहेको मनाङले बंगलादेशको अबहानी लिमिटेड, भारतको मिनेर्भा पन्जाब र दक्षिण एसियाली प्लेअफको विजेतासँग प्रतिस्पर्धा गर्दैछ । प्लेअफमा भारत, भुटान र श्रीलंकाका क्लबहरु प्रतिस्पर्धा गर्दैछन् । मनाङले समूह चरणको खेलमा तीन होम र तीन अवे खेल खेल्नेछ ।
प्लेअफको पहिल चरणमा श्रीलंकाको कोलोम्बो फुटबल क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेडले दुई लेगको खेलमा खेल्दैछन् । पहिलो लेग २० फेब्रुअरी र दोस्रो लेग २७ फेब्रुअरीलाई तोकिएको छ । उक्त खेलको विजेताले ६ मार्च र १३ मार्चमा हुने दुई लेगको खेलमा भारतको चेन्नाईयन फुटबल क्लबको सामना गर्नेछ । उक्त खेलको विजेताले समूह ‘ई’ मा स्थान बनाउनेछ ।
मनाङले प्रतियोगिताको लागि एन्फा कम्प्लेक्सलाई घरेलु मैदान रोजेको छ । एएफसीले पनि प्रतियोगिताको लागि यस मैदानलाई हरियो झण्डा देखाइसकेको एन्फाले जनाएको छ । मनाङले पहिलो खेल ३ अप्रिलमा बंगलादेशको अबहानीविरुद्ध घरेलु मैदानमा खेल्नेछ । दोस्रो खेल मनाङले १७ अप्रिलमा प्लेअफमा जित्ने टोलीको घरेलु मैदानमा खेल्नेछ ।
तेस्रो खेलका लागि मनाङले १ मेमा मिनेर्भा पन्जाबको घरेलु मैदान कालिंगा रंगशालाको भ्रमण गर्नेछ । चौथो खेलमा भने मनाङले १५ मेमा मिनेर्भालाई निम्तो दिनेछ । १९ जुनमा हुने पाँचौ खेलका लागि मनाङ अबहानीको सामना गर्न बंगलादेश पुग्नेछ । अन्तिम खेलमा मनाङले प्लेअफ विजेता टोलीसँगएन्फा कम्प्लेक्समा २६ जुनको दिन खेल्नेछ ।
समूह चरण तालिका :
३ अप्रिल – विरुद्ध अबहानी लिमिटेड – एन्फा कम्प्लेक्स
१७ अप्रिल – विरुद्ध प्लेअफ विजेता – तय हुन बाँकी
१ मे – विरुद्ध मिनेर्भा पन्जाब – कालिंगा रंगशाला
१५ मे – विरुद्ध मिनेर्भा पन्जाब – एन्फा कम्प्लेक्स
१९ जुन – विरुद्ध अबहानी लिमिटेड – बंगबन्धु रंगशाला
२६ जुन – विरुद्ध प्लेअफ विजेता – एन्फा कम्प्लेक्स
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]