6 years ago
February 4, 2019
एजेन्सी – यो सिजन खराव प्रदर्शन गरिरहेको रियल मड्रिडले लगातार पाँचौ जित निकाल्दै लयमा फर्किएको संकेत दिएको छ । रियले डिर्पोटिभो अलाभेसमाथि ३–० को सहज जित निकाल्दै यो सिजन लगातार पाँचौ जित निकाल्न सफल भएको हो ।
यो सिजन रियलले यसअघि लगातार चार खेलमा जित हात पारेको थियो । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमा, भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरे ।
३०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले सर्जियो रिगुइलनको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको रियलले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । ८०औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियलले २–० ले अघि बढाए । उनले मार्काे एसेन्सियाको पासमा गोल गरेका थिए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा वैकल्पिक खेलाडी मारियानो डियाजले अल्भेरो ओर्डिजोलाको पासमा गोल गर्दै रियललाई ३–० को सहज जित दिलाए । मारियानो डियाज ७५औं मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका थिए । यससँगै रियलले पहिलो राउन्डमा बेहोरेको हारको बदला लिएको छ । रियल पहिलो राउन्डमा १–० ले पराजित भएको थियो ।
जितसँगै रियलले दोस्रो स्थानको शहरी प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँगको अंक दुरी २ मा झारेको छ । रियलको ४२ अंक पुगेको छ । एट्लेटिकोको ४४ अंक रहेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ५० अंक रहेको छ । अलाभेस ३२ अंक जोडेर सातौ स्थानमा छ ।
आइतबार राति नै भएको अर्काे खेलमा एट्लेटिको मड्रिड रियल बेटिससँग १–० ले पराजित भएसँगै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]