6 years ago
February 4, 2019
एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अग्विरोको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ । इंग्लिस प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा सिटीले आर्सनललाई ३–१ ले पराजित गरेको हो ।
सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लोरेन्ट कोसिन्लीले एक गोल फर्काए । लापोर्टेको पासमा अग्विरोले खेलको पहिलो मिनेटमा गोल गर्दै सिटीलाई अघि बढाएका थिए । ११औं मिनेटमा कोसिन्लीले बराबरी गोल फर्काएका थिए ।
४४औं मिनेटमा अग्विरोले रहिम स्टर्लिङको पासमा अग्विराले गोल गर्दै सिटीललाई पहिलो हाफमा २–१ ले अघि बढाए ।६१औं मिनेटमा अग्विरोको ह्याट्रिक गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।
जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी २ मा झारेको छ । यद्दपि लिभरपुलले एक खेल कम खेलेको छ । सिटीको २५ खेलबाट ३९ अंक पुगेको छ । शीर्ष स्थानको लिभरपुलको ६१ अंक छ । सिटीसँग पराजित आर्सनलको छैटौ स्थानमा झरेको छ । आर्सनलको ४७ अंक छ ।
प्रिमियर लिग अन्तरगत आइबार राति नै भएको अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई १–० ले पराजित गर्दै पाँचौ स्थानमा उक्लन सफल भयो । युनाइटेडको जितमा खेलको नवौ मिनेटमा मार्कुस रासफोर्डले गरेको गोल नै निर्णायक बन्यो । म्यानचेस्टरको ४८ अंक रहेको छ । लेस्टर ३२ अंकसहित ११औं स्थानमा छ ।
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]