6 years ago
February 4, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वनमा पहिलो हार बेहोरेको छ । आइतबार भएको लिगको खेलमा लियोनसँग २-१ ले पराजित भएसँगै पीएसजीको अपराजित यात्रा टुंगिएको हो ।
खेलको सातौं मिनेटमा एन्जल डी मारियाले पीएसजीलाई अग्रता दिलाएपनि लियोनले खेलमा पुनरागमन गर्दै स्टार खेलाडीले भरिएको पीएसजीलाई लिगको पहिलो हार चखायो । गोलरक्षक एल्फोन्स आरिओलाको गल्तिको फाइदा उठाउँदै मुसा डेम्बेलेले खेलको ३३ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
लियोनका लागि दोस्रो हाफमा नाबिल फेकिरले पेनाल्टीमार्फत विजयी गोल गरे । पीएसजीका थियागो सिल्भाले डेम्बेलेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । खेलमा अधिकांश समय दबाब बनाएपनि पीएसजीले हार टार्न भने सकेन ।
ब्राजिलियन फरवार्ड नेयमार चोटका कारण अनुपस्थित रहँदा एडिन्सन कभानी र किलियन एमबाप्पेमाथि गोल गर्ने जिम्मेवारी बढेको थियो । तर दुवै खेलाडीले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा पीएसजीले लिगमा पहिलो पराजय भोग्नुपर्यो ।
यस पराजयका बाबजुद पीएसजी लिगको शीर्ष स्थानमा १० अंकको फराकिलो अग्रता लिएर बसेको छ । दोस्रो स्थानको लिलभन्दा २ खेल कम खेलेको पीएसजीले २१ खेलमा ५६ अंक जोडेको छ । लिलले २३ खेलमा ४६ तथा तेस्रो स्थानको लियोनले २३ खेलमा ४३ अंक जोडेका छन् ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]