6 years ago
February 3, 2019
एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा पार्मासँग ३–३ गोलको बराबरी खेलेको छ ।
युभेन्टसका लागि अर्को गोल ड्यानियल रुगानीले थपे । पार्माका जेरभिन्होले दुई तथा एन्टेनियो बारिल्लाले एक गोल थपे । युभेन्टसको घरेलु मैदानमा शनिबार राति भएको खेलको ३६औं मिनेटमा रोनाल्डोल गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को सुरुवाती अग्रता दिलाए ।
६२औं मिनेटमा ड्यानियल रुगानीले गोल गरेपछि युभेन्टस्ले २–० को अग्रता बनायो । त्यसको दुई मिनेटपछि पर्माका एन्टेनियो बारिल्लाले गोल गर्दै पर्मालाई खेलमा फर्काउने संकेत दिए । पुनः दुई मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै युभेन्टसलाई ३–१ ले अघि बढाए ।
७४ औं मिनेटमा जेरभिन्होले गोल गर्दै पर्मालाई ३–२ को अन्तरमा ल्याए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा जेरभिन्होले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।
यससँगै पर्माले युभेन्टसबाट अंक खोस्न सफल भयो । बराबरीपछि शीर्षस्थानमा रहेको युभेन्टसको २२ खेलबाट ६० अंक पुगेको छ । युभेन्टसले दोस्रो स्थानको नेपोलीलाई ९ अंकले पछि पारेको छ । पार्मा २९ अंक जोडेर १२औं स्थानमा यथावत छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]