6 years ago
February 2, 2019
एजेन्सी – एक साताअघि मात्रै इटालियन क्लब युभेन्टसबाट लोनमा चेल्सी आएका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइन र इडेन हाजार्डको समान २–२ गोलको मद्दतमा चेल्सीले हडर्सफिल्डमाथि ५–० को शानदार जित निकालेको छ ।
प्रिमियर लिग अन्तरगत शनिबार भएको खेलमा चेल्सीले घरेलु मैदानमा फराकिलो जित निकालेको हो । ‘डेब्यु’ खेलमा गोल गर्न असफल रहेको हिगुआइनले दोस्रो खेलमा आफ्नो प्रभाव जमायो । १६औं मिनेटमा एङ्गोलो कान्टेको पासमा हिगुआइनले चेल्सीका लागि पहिलो गोल गरे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हाजार्डले पेनाल्टीमार्फत गोल गरेपछि चेल्सीले पहिलो हाफमा २–० को अग्रता बनायो ।
६६औं मिनेटमा रोज बार्कलीको पासमा हाजार्डले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै चेल्सीलाई ३–० ले अघि बढाए । त्यसको तीन मिनेटपछि हिगुआइनले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गर्दै चेल्सीलाई ४–० को फराकिलो जिततर्फ डो¥याए । ८६औं मिनेटमा विलियनको कर्नरमा डेभिड लुइजले हेडमार्फत गोल गर्दै चेल्सीलाई ५–० को शानदार जित दिलाए ।
हडर्सफिल्डविरुद्ध २ गोल गरेसँगै हिगुआइन प्रिमियर लिगमा घरेलु मैदानमा डेब्यु गोल गर्ने खेलाडी बनेका छन् । यसअघि चेल्सीका मारियो स्टानिकले २००० मा वेस्टह्यामविरुद्ध घरेलु मैदानमा डेब्युमा दुई गोल गरेका थिए ।
हडर्सफिल्डमाथिको जितसँगै चेल्सी २५ खेलबाट ५० अंक जोडेर लिगको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले एक खेल कम खेलेको आर्सनललाई ३ अंकले पछि पारेको हो । हडर्सफिल्ड ११ अंक जोडेर पुछारमा छ ।
प्रिमियर लिगका अन्य खेलका नतिजाहरु
टोटनहम विरुद्ध न्यु क्यासल (१–०)
ब्राइटन विरुद्ध वाटफोर्ड (०–०)
बर्नली विरुद्ध साउथह्याम्पटन (१–१)
क्रिस्टल प्यालेस विरुद्ध फुलहम (२–०)
एभर्टन विरुद्ध वल्भ्स (१–३)
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]