default_image

6 years ago

February 2, 2019

फेलाइनी चिनिया क्लब सानडोङमा अनुबन्धित

74 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडिफिल्डर मराउने फेलाइनी चिनिया सुपर लिग क्लब सानडोङ लनइङ टाइसनमा अनुबन्धित भएका छन् ।

फेलाइनी ११ मिलियन पाउन्डमा चिनिया क्लबमा शुक्रबार अनुबन्धित भएका हुन् । म्यानचेस्टर युनाइटेडले फेलाइनी चिनिया क्लबमा अनुबन्ध हुने पक्का गरेको छ । चिनिया सुपर लिग आउदो मार्चबाट सुरु हुदैछ ।

सानडोङमा अनुबन्ध भएसँगै फेलाइनीले म्यानचेस्टरमा हुदाको क्षण अविस्मरणीय रहेको बताउदै सहयोग र सपोर्ट गर्ने टिम सहयात्रीलाई धन्यवाद व्यक्त गरेका छन् । बेल्जियनका ३१ वर्षीय मिडफिल्डर फेलाइनी २०१३ मा इंग्लिस क्लब एभर्टनबाट युनाइटेड पुगेका थिए ।

साँढे पाँच वर्ष युनाइटेडमा रहँदा फेलाइनीले १७७ खेल खेल्दै २२ गोल गर्न सफल भएका छन् । युनाइटेडमा रहँदा फेलाइनीले एफए कप, कम्युनिटी शिल्ड, लिग कप र युइएफए युरोपा लिग गरी चार उपाधि जितेका छन् ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.