default_image

6 years ago

February 1, 2019

बार्सिलोना र रियल सेमिफाइनलमै भिड्ने

96 views

0 Bookmark

एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा दुई चिर प्रतिद्धन्द्धी क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियल मड्रिडबीच प्रतिस्पर्धा हुने भएको छ ।

स्पेनिस कोपा डेल रेले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार बार्सिलोना र रियलबीच (एल क्लासिको) सेमिफाइनलमै हुने भएको हो । अर्काे सेमिफाइनलमा रियल बेटिस र भ्यालेन्सियाबीच खेल हुनेछ ।
बार्सिलोना यसअघिको लगातार चारपटकको च्याम्पियन हो । रियलले २०१३–१४ को सिजनमा बार्सिलोनालाई पराजित गर्दै उपाधि जितेको थियो । सेमिफाइनलको पहिलो लेग बार्सिलोनाको घरेलु मैदानमा ७ फेब्रुअरीमा हुनेछ । दोस्रो लेग रियलको मैदानमा २८ फेब्रुअरीमा हुनेछ । फाइनल खेल २६ मे मा हुनेछ ।

यो सिजन बार्सिलोना र रियल तीनपटक आमने–सामने भएका छन् । दुई खेलमा बार्सिलोनाले जित हात पार्दा एक खेल बराबरीमा रोकिएको छ ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.