default_image

6 years ago

February 1, 2019

बेन्जेमा बने रियलको छैटौ सर्वाधिक गोलकर्ता

100 views

0 Bookmark

एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल मड्रिडको छैटौ सर्वाधिक गोलकर्ता बनेका छन् ।

स्पेनिस कोपा डेल रे अन्तरगत बिहीबार राति भएको जिरोनाविरुद्धको खेलमा २ गोल गरेसँगै बेन्जेमा (२०९) रियलको छैटौं सर्वाधिक गोलकर्ता बनेका हुन् । बेन्जेमाले ह्युगो सान्चेजको (२०८) गोललाई पछि पारेका हुन् ।

बेन्जेमा बिहीबार राति जिरोनाविरुद्ध दुई गोल गर्दै रियलका लागि २०९ गोल गर्दै छैटौ खेलाडी बनेका हुन् । ३१ वर्षीय बेन्जेमाले ला लिगामा १३६, च्याम्पियन्स लिगमा ४७, कोपा डेल रेमा २०, क्लब वल्डकपमा ३, स्पेनिस सुपर कपमा २ र युरोपिउन सुपर कपमा १ गोल गरेका छन् । बेन्जेमा सन् २००९ देखि रियलमा आबद्ध रहेका छन् ।

बेन्जेमा भन्दा अघि क्रिस्टियानो रोनाल्डो (४५१), राहुल (३२३), डि स्टेफानो (३०७), सान्टिललाना (२८८) र पुस्कास (२३७) रहेका छन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.