default_image

6 years ago

January 31, 2019

बार्सिलोनाका स्वारेज आर्सनलमा !

66 views

0 Bookmark

एजेन्सी – जनवरी ट्रान्सफर विन्डोमा खेलाडी स्थानान्तरणको क्रममा जारी रहँदा आर्सनलले बार्सिलोनाबाट खेलाडी भित्र्याउन सफल भएको छ । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर डेनिस स्वारेज इंग्लिस क्लब आर्सनलमा अनुबन्धित भएका छन् ।

स्पेनका २५ वर्षे मिडफिल्डर स्वारेज लोनमा बिहीबार आर्सनलमा अनुबन्धित भएका हुन् । उनी यस सिजनको अन्त्यसम्म आर्सनलमै रहनेछ । त्यसपछि स्वारेजको २० मिलियन पाउन्डमा स्थायी रुपमा आर्सनलमै अनुबन्धको प्रक्रिया अघि बढ्नेछ ।

स्वारेजले बिहीबारै आर्सनलमा मेडिकल र टिमसँगै प्रशिक्षण गरेका छन् । स्वारेजले आर्सनलमा २२ नम्वरको जर्सी लगाउनेछन् । स्वारेजले आइतबार म्यानचेस्टर सिटीविरुद्धको खेलबाट ‘डेब्यु’ गर्ने सम्भावना छ ।

आर्सनलमा आएसँगै स्वारेजले यो सिजन आर्सनललाई च्याम्पियन्स लिगमा छनोट गराउने प्रयास रहने बताएका छने । यस्तै उनले आर्सनललाई यो सिजनको युरोपा लिग जिताउन आफ्नो तर्फबाट प्रयास गरिने पनि बताएका छन् । उनले युनाइ इम्रीकै प्रशिक्षणमा सेभिल्लाबाट युरोपा लिग जितेका कारण यो सम्भव हुने बताएका छन् ।

२५ वर्षीय स्वारेजले सेल्टा ‘बी’ बाट सिनियर करियर सुरु गरेका थिए । त्यसपछि उनले म्यानचेस्टर सिटी, बार्सिलोना, सेभिया र भिल्लारियलबाट व्यवसायिक खेल खेलेका छन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.