default_image

6 years ago

January 31, 2019

मनाङ इटहरी गोल्ड कपको फाइनलमा

121 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद)- साविकको उपविजेता सिग्नेचर मनाङ–मस्र्याङ्दी लगातार दोस्रोपटक दोस्रो मदन भन्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुनसरीस्थित इटहरी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा मनाङले विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै लगातार दोस्रोपटक प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।

मनाङको जितमा ओलावाले अफिजले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । मनाङ अघिल्लो संस्करणको फाइनलमा रुस्लान थ्री स्टार क्लबसँग १–० ले पराजित हुदै उपविजेता बनेको थियो ।

पुलिसलाई पराजित गर्दै मनाङले पुस अन्तिम साता भएको खप्तड गोल्ड कपको क्वाटरफाइनलमा बेहोरेको हारको बदला लिएको छ । मनाङ त्यतिबेला पुलिसँग १–० ले पराजित भएको थियो ।

मनाङले खेलको सुरुवात देखि नै पुलिसमाथि दवाव सिर्जन गरेको थियो । तर, गोलको लागि ४३औं मिनेट कुर्नुपरेको थियो । ४३औं मिनेटमा विदेशी खेलाडी ओलावाले अफिजले डि–बक्स बाट एकल प्रयासमा गोल गर्दै मनाङलाई १–० ले अघि बढाएका थिए ।

त्यसअघि २९औं मिनेटमा अफिजको बक्सभित्रको प्रहार पोलमा लागेको फर्किएको थियो । ३४ औं मिनेटमा पुलिसका अभिषेका रिजालको प्रहार मनाङका गोलरक्षक विशाल श्रेष्ठले सहजै बचाइ ३९औ मिनेटमा अन्जन विष्टले उपलब्ध गराएका पासलाई ओलावालेले पोस्टको गति दिन सकेन । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा मनाङ विजयी हुदै फाइनलमा पुग्न सफल भयो ।

अब मनाङले उपाधिका लागि शनिबार विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले बुधबार मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । प्रतियोगिताको विजेताले १६ लाख रुपैया हात पार्नेछ ।




March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

March 25, 2025

मच्छिन्द्र तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]

Success

Thank you for your time.