default_image

6 years ago

January 31, 2019

बर्नमाउथसँग चेल्सीको लज्जास्पद हार

67 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सीले बर्नमाउथसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी बर्नमाउथसँग ४–० को लज्जास्पद हार बेहोरेको हो ।

चेल्सीलाई लज्जास्पद हार चखाउन जोसुवा किङले २ तथा डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले समान १ गोल गरे । बर्नमाउथमा बुधबार राति भएको खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएको थियो । तर, घरेलु टोली बर्नमाउथले दोस्रो हाफमा ४ गोल गर्न सफल भयो ।

४७औं मिनेटमा जोसुवा किङले डेभिड ब्रुक्सको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६३औं मिनेटमा डेभिड ब्रुक्सले गोल गर्दै अग्रता दोब्बर बनाए । ७४औं मिनेटमा जोसुवा किङले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि बर्नमाउथ ३–० ले अघि बढ्यो ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा चार्लीले गोल गर्दै चेल्सीलाई ४–० को लज्जास्पद हार चखाए । चेल्सीले बल पोजेसन राखेपनि बर्नमाउथको बलियो रक्षापङ्ति तोड्न नसक्दा लज्जास्पद हार बेहोर्न पुग्यो ।

हारसँगै चेल्सी पाँचौ स्थानमा झरेको छ । समान खेलबाट समान ४७ अंक रहेपनि चेल्सी गोल अन्तरमा आर्सनलसँग पछि परेको हो । चेल्सीलाई पारजित गरेको बर्नमाउथ ३३ अंक जोडेर १०औं स्थानमा छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.