6 years ago
January 30, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्यु क्यासल युनाइटेडसँग हार बेहोरेको छ । सिटी न्यु क्यासलसँग २–१ ले स्तब्ध बनेको हो ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा सिटीलाई हार चखाउन जोसे सलोमोन रोनडन र माट रिट्चीले गोल गरे । सिटीका सर्जियो अगुएरोले गोल गरे ।
सिटीले खेलको सुरुवाती मिनेटमा बनाएको अग्रता जोगाउन सकेन । खेलको पहिलो मिनेटमा नै अगुएरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६६औं मिनेटमा जोसे सलोमोनले बराबरी गोल फर्काए । ८०औं मिनेटमा माट रिट्चीले गोल गर्दै न्यु क्यासललाई २–१ को जित दिलाए ।
न्यु क्यासलसँगको हारसँगै सिटीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी छोट्याउने मौका गुमायो । यसको प्रत्यक्ष फाइदा भने लिभरपुललाई पुगेको छ । सिटीको २४ खेलबाट ५६ अंक छ । लिभरपुलसँग ४ अंकले पछि परेको छ । न्यु क्यासल २४ अंक जोडेर १४औं स्थानमा छ ।
प्रिमियर लिगका अन्य खेलका नतिजा
फुलहम विरुद्ध ब्राइटन (४–२)
हडर्सफिल्ड विरुद्ध एभर्टन (०–१)
वल्भ्स विरुद्ध वेस्टह्याम (३–०)
आर्सनल विरुद्ध कार्डिफ (२–१)
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]